असोज ३० गते २०८३ || October 16, 2026

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


पिपल अनलाइन
मंगलबार, जेठ ३० २०८०१२:३७

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौँ - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज संसदबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री यादवले अकस्मात विश्वासको मत लिने तयारी गरेका हुन् । आज साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले सरकारबाट बाहिरिएपनि आज मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने पक्षमा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend