असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति पौडेल अस्पताल भर्ना


पिपल अनलाइन
मंगलबार, जेठ ३० २०८००३:०७

राष्ट्रपति पौडेल अस्पताल भर्ना

 काठमाडौँ - स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गंगालाल अस्पताल लगिएको थियो । राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले नियमित चेक जाँच गर्दा डाक्टरले १२ घण्टासम्म निगरानीमा बस्नुपर्ने बताएपछि अस्पतालमा भर्ना गरिएको बताए । मंगलबार विहान अस्पताल पुगेका राष्ट्रपति पौडेल आजै साँझ नभए भोलि विहानै डिस्चार्ज हुने जानकारी पाएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend