असोज ३० गते २०८३ || October 16, 2026

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८००९:२५

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

 काठमाण्डौँ  - बाजुराको पुर्वीउतरी भेगमा रहेको जगन्नाथ गाउँपालिकामा  मंगलबार साँझ चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका वडा १ का ३१ वर्षीय यमराज विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मृतक  बिष्ट देउडा पाटनमा भैंसी गोठालो गएको थिए । भैंसी गोठालो गएका उनको राती करिब ८ बजे रुखमा चट्याङ परेर ज्यान गएको प्रहरीको भनाइ  छ । घटनास्थलतर्फ प्रहरीको टोली राती १ बजेनै गइसकेको तर घटनास्थलसम्म भने अहिले नपुगेको बताइएको छ । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend