असोज ३० गते २०८३ || October 16, 2026

नेपाल मेडिकल कलेजमा तोडफोड,अनिश्चितकालका लागि ओपीडी सेवा बन्द


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८००३:१८

नेपाल मेडिकल कलेजमा तोडफोड,अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

काठमाडौँ - नेपाल मेडिकल कलेजमा तोडफोड भएको छ । 

 जेठ २८ गते गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए। उपचारका क्रममा धितालको स्वास्थ्य अवस्था जटिल भएपछि पनि चिकित्सकले जानकारी नगराएको भन्दै बिरामीका आफन्त आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।
 तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । 

अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend