असोज ३० गते २०८३ || October 16, 2026

शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८०११:५३

शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौँ - राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएका  शंकरदास वैरागीले शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ दिलाएका हुन् ।

वैरागीले आज मुख्यसचिवबाट राजीनामा दिएका थिए। उनको राजीनामा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्दै सल्लाहकारमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend