असोज ३० गते २०८३ || October 16, 2026

नक्कली भुटानी शरणार्थी : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८००५:५६

नक्कली भुटानी शरणार्थी : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । योसँग अब जवाफी बहस हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस शुक्रबार हुनेछ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend