असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना


मंगलबार, भदौ १४ २०७९११:४१

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

काठमाडौं - आज हिन्दु महिाहरुको महान पर्व हरितालिका (तीज) मनाइँदैछ । तीज पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गरी तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गरी मनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाले सरकार शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् ।

हरितालिका तीज पर्वको अवसरमा शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # प्रधानमन्त्री
  • # तीजको शुभकामना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend