कात्तिक १ गते २०८३ || October 17, 2026

रौतहटमा करेन्ट लागेर २ जना युवकको मृत्यु 


पिपल अनलाइन
शनिबार, असार २ २०८००८:१३

रौतहटमा करेन्ट लागेर २ जना युवकको मृत्यु 

रौतहट - रौतहटको  बौधीमाई नगर क्षेत्रमा  करेन्ट लागेर गए राति २ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को  सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका  पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए । 

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend