असोज ३० गते २०८३ || October 16, 2026

शेखर कोइराला भन्छन्-'मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा भनेको छैन'


पिपल अनलाइन
शनिबार, असार २ २०८००४:२३

शेखर कोइराला भन्छन्-'मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा भनेको छैन'

काठमाडौँ - नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा नभनेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिएका हुन्। उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालबाट सेयर गरेका छन् ।

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो- ‘म राजालाई कहिल्यै ‘पूर्वराजा’ भन्दिन नि१ मैले त भन्ने गरेको छु( ‘हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौं। गन्तव्यमा चाहीँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् ,ती हुन् ‘राजा’।’

उनले अझै अगाडि लेखेका छन, ‘मैले सोधेँ, तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु’ , ‘उहाँले भन्नुभयो( किन नसक्नु मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend