असोज ३० गते २०८३ || October 16, 2026

देशका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ : रवि लामिछाने


पिपल अनलाइन
आइतबार, असार ३ २०८००७:००

देशका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ : रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूलाई जेल कोच्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले कतिपयले रास्वपासँग केही विचार नै भएको भनेको भन्दै भ्रष्टाचारीहरूलाई जेल कोच्ने रास्वपाको विचार रहेको बताएका हुन् ।

‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ । नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन् । विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ । यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ’ लामिछानेले भने ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend