असोज ३० गते २०८३ || October 16, 2026

पाँचथरमा बाढीमा ६ जना बेपत्ता, ताप्लेजुङ जाने पुल भत्कियो !


पिपल अनलाइन
आइतबार, असार ३ २०८००७:०८

पाँचथरमा बाढीमा ६ जना बेपत्ता, ताप्लेजुङ जाने पुल भत्कियो !

काठमाण्डौँ - अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा हालसम्म ६ जना मानिस बेपत्ता भएका छन् भने ठाँउ ठाँउका पुल बगेका छन् ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका छन् ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक हरि खतिवडाले जानकारी दिए । बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend