कात्तिक १ गते २०८३ || October 17, 2026

सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्नेछ : अर्थमन्त्री शर्मा


बिहीबार , भदौ १६ २०७९११:१७

सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्नेछ : अर्थमन्त्री शर्मा

कर्णाली - अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उनले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताएका हुन् ।

अर्थमन्त्री शर्माले सङ्घीय सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रष्ट पारे। विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उनको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेश गरेको थियो ।

मागपत्रमा सुर्खेत विमास्थल विस्तार, प्रादेशिक औद्योगिक क्षेत्र निर्माण, कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा तीव्रता दिनुपर्ने, कोभिड–१९ ले थला परेको व्यवसायको पुनरुत्थानका लागि पुनःकर्जा नीति खुकुलो बनाइनुपर्नेलगायत विषय समावेश गरिएको छ । 

सङ्घले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह माग गरिएको सङ्कूचनको निर्णय पनि पुनर्विचार गर्न माग गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत विमानस्थल विस्तार नहुँदा कर्णालीको पर्यटन व्यवसायले गति लिन नसकेको र काठमाडौँ जान महँगो भाडा तिनुपर्ने बाध्यता रहेको बताए । 

 


  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री शर्मा
  • # सुर्खेत
  • # कर्णाली प्रदेश


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend