कात्तिक १ गते २०८३ || October 17, 2026

(update)संखुवासभा बाढी : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु


पिपल अनलाइन
आइतबार, असार ३ २०८००१:२८

(update)संखुवासभा बाढी : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु

 काठमाण्डौँ - संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन ९ का सन्तोष राईको मृत्यु भएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend