कात्तिक १ गते २०८३ || October 17, 2026

बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख र घाइतेको उपचारमा ५० हजार दिने निर्णय


पिपल अनलाइन
मंगलबार, असार ५ २०८००६:५४

बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख र घाइतेको उपचारमा ५० हजार दिने निर्णय

 विराटनगर - कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु भ​एकाहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशीका पहाडी जिल्लामा आएको बाढीपहिरोबाट ​मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend