कात्तिक १ गते २०८३ || October 17, 2026

नागरिकता विहिनको अन्दोलनमा झडप, १५ जना भन्दा बढी पक्राउ


पिपल अनलाइन
मंगलबार, असार ५ २०८००३:२३

नागरिकता विहिनको अन्दोलनमा झडप, १५ जना भन्दा बढी पक्राउ

 काठमाडौँ - माइतीघरमा आज पनि नेपाली नागरिकता माग्दै प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा अन्दोलनकारी र प्रहरीबीच झडप हुदाँ १५ जनाभन्दा बढी अन्दोलनकारी पक्राउ परेका छन् ।

नागरिकताविहीन हुँदा राज्यको सेवा सुविधाबाट वञ्चित भएको भन्दै निरन्तर विरोध हुँदै आएको छ । नागरिकता विधेयक प्रमाणीकरणलाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

पछिल्लो समय पटकपटक पेशी स्थगित हुँदै आएको भन्दै युवाहरूले न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेका हो । प्रदर्शनको क्रममा एक जना युवा बेहोस समेत भएका छन ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend