कात्तिक १ गते २०८३ || October 17, 2026

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको अवस्था चिन्ताजनक


पिपल अनलाइन
मंगलबार, असार ५ २०८००४:२२

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको अवस्था चिन्ताजनक

नेपालगञ्ज - सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था चिन्ताजनक रहेको छ ।
अन्य ३ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनीहरूलाई सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ । जोशीका अनुसार एक जनाको अवस्था भने सामान्य रहेको छ ।

उक्त गाडीमा मन्त्री सिंहसहित उनीकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी सवार थिए । यस्तै चालक धर्मराज जोशी पनि घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend