कात्तिक १ गते २०८३ || October 17, 2026

चुणामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद सजाय


पिपल अनलाइन
मंगलबार, असार ५ २०८००६:११

चुणामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद सजाय

 काठमाडौँ - कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजायसहित जरिवाना सुनाइएको छ । विशेष अदालतले शर्मासहित उमेशप्रसाद ढकाललाई ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजायसहित जरिवाना सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उक्त सजायसहितको जरिवाना निर्धारण गरेको हो ।

तीनै जनासँग जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो माग दाबी गरिएको छ भने तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना माग गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend