असोज ३० गते २०८३ || October 16, 2026

अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ, बाल यौन दुरुपयोग मुद्दामा सजाय


मंगलबार, भदौ २१ २०७९१०:०४

अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ, बाल यौन दुरुपयोग  मुद्दामा सजाय

काठमाडौँ - जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरू व्यक्तिहरू ७ चैत २०७७ मा गैँडाकोट रिपोर्टमा थिए ।

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबरजस्ती गरेको उल्लेख थियो । रिपोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिपोर्टमा बसेको आरोप पत्रमा उल्लेख थियो ।

रिपोर्टका सञ्चालकले त्यो दिन कलाकारहरू रिपोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो । पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन ।


  • सम्बन्धित विषय:

  • # पल शाह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend