कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी (केन्द्र) बिध्यार्थी संगठनले चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने


बुधबार, भदौ २२ २०७९०८:०२

माओवादी (केन्द्र) बिध्यार्थी संगठनले चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने

काठमाडौ - माओवादी केन्द्र निकट बिध्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यबस्थित र प्रभावकारी बनाउन अखिल(क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।

‘क्रान्तिकारी फोर्स’ अखिल(क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रिय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए !


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # ‘क्रान्तिकारी फोर्स’


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend