कात्तिक ३ गते २०८३ || October 19, 2026

आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना भएको छैन : मेयर बालेन्द्र शाह


बिहीबार , भदौ २३ २०७९०८:३९

आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना भएको छैन : मेयर बालेन्द्र शाह

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना नभएको बताएका छन् । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने र त्यसको संरक्षण न्यायालय नै भएको मेयर शाहले बताएका हुन्। 

अदालतको अवहेलनासम्बन्धी आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको लिखित जवाफ पठाउँदै उनले आफूले अदालतको अवहेलना गरेको दाबी निराधार रहेको बताएका छन् । 

बालेनले भनेका छन्, ‘हाम्रो जस्तो लोकतान्त्रिक मूल्यपद्धति अपनाएको खुला समाजमा आलोचनात्मक विचार अभिव्यक्त गर्न पाइन्छ । संविधानले प्रत्येक नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी मौलिक हकको प्रत्याभूति गरेको छ । त्यसको संरक्षक स्वयं न्यायालय पनि हो ।’

उनले राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम कारबाहीका सम्बन्धमा विचार प्रकट गरेकोमा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्य पद्धतिविपरीत हुने भन्दै आफूले सामाजिक सञ्जालमा लेखेको कुरा कुनै नागरिकले न्यायिक काम कारबाहीको सम्बन्धमा आलोचनात्मक दृष्टिकोण प्रकट गर्दैमा न्यायालय आफ्नो न्यायिक कार्य सम्पादनबाट विचलित हुँदैन भनी सर्वोच्च अदालत स्वयंले प्रतिपादन गरेको सिद्धान्तमा अभिव्यक्त भएको कुरा उल्लेख गरेका छन् ।

 


  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगरपालिका
  • # मेयर बालेन्द्र शाह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend