असोज ३० गते २०८३ || October 16, 2026

हिन्दी फिल्म चल्न दिनू : उच्च अदालत पाटन


पिपल अनलाइन
बिहीबार , असार ७ २०८००२:४४

हिन्दी फिल्म चल्न दिनू : उच्च अदालत पाटन

काठमाडौँ - उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएको छ । बिहीबार धीरबहादुर चन्दको एकल इजलासले काठमाडौं महानगरपालिकालाई हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएका हुन् । 

उच्च अदालत पाटनले दुवै पक्षलाई छलफल गर्न असार १२ गते बोलाएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन०को आदिपुरुषले ुसीता भारतकी छोरी हुन्ु भन्ने संवाद तीन दिनभित्र हटाउन चेतावनी दिएपनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। 

मेयर बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि उनीहरूले बुधबार उच्च अदालत पाटनमा चलचित्र संघले मुद्दा दर्ता गरेको हो। उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएको थियो।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend