असोज ३० गते २०८३ || October 16, 2026

साढे ५ किलो चरेससहित दुबई जान लागेका लिम्बु पक्राउ


पिपल अनलाइन
बिहीबार , असार ७ २०८००५:०७

साढे ५ किलो चरेससहित दुबई जान लागेका लिम्बु पक्राउ

काठमाडौँ - कोलकत्ता हुँदै दुबई जान लागेका एक जनाबाट साढे ५ किलो लागुऔषध चरेस फेला परेको छ । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा प्रहरीले अपरान्ह लिम्बुलाई पक्राउ गरेको हो । एयर इन्डियाको विमानबाट १०८९३५४१ नम्बरको राहदानीका ब्यक्ति दुबई जान लागेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend