असोज ३० गते २०८३ || October 16, 2026

गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु


पिपल अनलाइन
शुक्रबार, असार ८ २०८००७:३७

गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाण्डौँ - गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

राति १ बजेतिर सहिदलखन गाउँपालिका ३ को पातले खोलामा बस दुर्घटना भएको हो । प्रदेश ३ –०१–०२३ च २४२७ नम्बरको बस दुर्घटनाका घाइतेको उद्धारमा रातको समय भएकाले ढिलाइ भएको थियो । अहिले उद्धारको काम भइरहेको उनको भनाइ छ । दुर्घटनामा परेर चार पुरुष र एक महिलाको मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend