असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : देशभर पानी पर्ने सम्भावना


पिपल अनलाइन
शनिबार, असार ९ २०८००६:३२

आजको मौसम : देशभर पानी पर्ने सम्भावना

काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend