असोज ३० गते २०८३ || October 16, 2026

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु


आइतबार, असार १० २०८०११:३५

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते  भएकी छिन्।  चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको छ  । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ। 


  • सम्बन्धित विषय:

  • # बाग्लुंग
  • # ढोरपाटन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend