असोज ३० गते २०८३ || October 16, 2026

देशभर मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा


पिपल अनलाइन
सोमबार, असार ११ २०८००९:४०

देशभर मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडौँ - सोमबार देशभर आंशिक बदली भई देशभर वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान ठाउँ ठाउँमा हल्का वर्षा भइरहेको तथा दिनभर कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # देशभर मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend