असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधि सभा बैठक : बजेटमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु


पिपल अनलाइन
सोमबार, असार ११ २०८००९:४५

प्रतिनिधि सभा बैठक : बजेटमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

काठमाण्डौँ - प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दै छ ।

बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने छन् ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक : बजेटमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend