असोज ३० गते २०८३ || October 16, 2026

पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा


पिपल अनलाइन
सोमबार, असार ११ २०८००९:५६

पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा

काठमाडौँ - उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उलङघन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधानलाई कारबाही गरिएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend