असोज ३० गते २०८३ || October 16, 2026

गाईको मासु तस्करी : गोरक्षक समूहद्धारा एक व्यक्तिको कुटेर हत्या, १० पक्राउ


पिपल अनलाइन
सोमबार, असार ११ २०८०१०:४३

गाईको मासु तस्करी : गोरक्षक समूहद्धारा एक व्यक्तिको कुटेर हत्या, १० पक्राउ

 काठमाण्डौँ - महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । 
मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीले घाइतेको उजुरीका आधारमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ । साँच्चै गाईको मासु बोकेको हो वा होइन भन्ने ल्याबको रिपोर्ट आएपछि मात्र थाहा हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend