असोज ३० गते २०८३ || October 16, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने


पिपल अनलाइन
सोमबार, असार ११ २०८००५:१२

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

 काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले यही असार १४ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि अव्हान गरेका छन् ।

संविधानको धारा १८३ को उपधारा १० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्त्य गरिएको थियो ।

कोशी प्रदेश सरकालाई सत्ता साझेदारदलहरुले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि अधिबेशन आव्हान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend