असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता 


पिपल अनलाइन
सोमबार, असार ११ २०८००५:४८

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता 

काठमाडौँ - सोमबार बिहान साढे ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । 
उनीहरूबीच करिब एक घण्टा छलफल भएको स्रोतले जनाएको छ । बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो । 

राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री दाहालसँग जानकारी लिएका थिए। उनले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए । भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो। मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको स्रोतले जनाएको छ ।
 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend