कात्तिक १ गते २०८३ || October 17, 2026

जसपा विधान : एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००७:५८

जसपा विधान : एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने

 काठमाडौँ - जनता समाजवादी पार्टी जसपा नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

अध्यक्ष यादवले पेस गरेको प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ। प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, “७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन ।”

विधान मस्यौदामा पार्टीको केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुने र एक व्यक्ति एकै पदमा दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # जसपा विधान : एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend