काठमाडौं - प्राइम टेलिभिजनबाट प्रसारण हुने चर्चित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको प्रोड्युसरमा ऋषि थपलिया नियुक्त भएका छन् । सो कार्यक्रमका संचालक ऋषि धमलाले ऋषि थपलियालाई कार्यक्रमको प्रोड्युसरमा नियुक्त गरेका हुन्।
धादिङ स्थायी घर भएका थपलिया यसअघि हिमालय टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रमको प्रोड्युसरको रुपमा कार्यरत थिए । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको प्रोड्युसरको रुपमा थपलिया नियुक्त भएको टिभी प्रशासनले जानकारी दिएको छ ।
उनी यसअघि हिमालय टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रमको प्रोड्युसरको रुपमा कार्यरत थिए । थपलिया विगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।