कात्तिक १ गते २०८३ || October 17, 2026

बालेनविरुद्धको मुद्दा न्यायाधीस श्रेष्ठको इजलासमा सुनुवाई हुँदै


पिपल अनलाइन
मंगलबार, असार १२ २०८०१२:३४

बालेनविरुद्धको मुद्दा न्यायाधीस श्रेष्ठको इजलासमा सुनुवाई हुँदै

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।

सुनुवाईका लागि न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । यसअघि लगातार रिट हेर्न नभ्याईनेमा परेको थियो ।

महानगरभित्र हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेपछि बालेनले राष्ट्रिय स्वाभिमानका लागि अदालतको आदेश नमान्ने र फिल्म चल्न नदिने अभिव्यक्ति दिएका थिए ।

बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षा झाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend