असोज ३० गते २०८३ || October 16, 2026

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने 


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००२:१७

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने 

 काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।

विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । 

निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ । भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend