असोज ३० गते २०८३ || October 16, 2026

बिहीबार सार्वजनिक विदा


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००३:१०

बिहीबार सार्वजनिक विदा

 काठमाडौँ - सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद ईद उल अहजाको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

‘इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend