कात्तिक २ गते २०८३ || October 18, 2026

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने एमालेको घोषणा


सोमबार, असोज ३ २०७९०६:२२

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने एमालेको घोषणा

काठमाडौं - नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार छनोट गर्दा कम्तीमा एउटा क्षेत्र र जिल्ला नछुटाउने नीति लिएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीलाई योगदान गरेका, अघिल्लोपटक अवसर नपाएका र कम्तीमा एउटा जिल्ला रक्षेत्र नछुटाउने गरी नयाँ अनुहारको नाम सिफारिस गर्नै भएको हो।

सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २ सय २० जनाको नाम प्रस्ताव गरी त्यसको अन्तिम रूप दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ। एमालेले सोमबारबिहानसम्म सबै नामावली रुजु गरी प्रस्तावित नामावलीको सूची निर्वाचन आयोगमा बुझाउने छ। ‘२०६४ पछि सांसद भएका सबैलाई थाति राखेरनयाँ अनुहारपठाउने प्रयास गरिएको छ, सचिवालय बैठकमा यही कुराले बढी प्राथमिकता पायो त्यसकारण सबै नयाँ अनुहारल्याउने प्रयास गरिएको छ,’ स्रोतले भन्यो।

सचिवालय बैठकपछि पार्टी उपमहासचिव एंव प्रवक्ता पृथ्वीसुब्बा गुरूङले प्रतिनिधिसभाका लागि आदिवासी जनजातितर्फ ३२ जना, खसआर्यतर्फ ३४ जना, थारूतर्फ ७ जना, मधेसीतर्फ १७ जना, दलिततर्फ १५ जना, मुस्लिमतर्फ ५ जनाको नाम समावेश गरिएको बताए। १ सय १० जनामा ५७ जना महिला छन् भने अरू पुरुषको नाम समावेश छ। यसपटक एमालेले धेरै महिलालाई समेटेको छ।

त्यसैगरी, प्रदेशसभातर्फ समानुपातिकमा २ सय २० जनाको नाम प्रस्ताव गरिएको छ। प्रदेश १ का लागि ३७ जना, मधेस प्रदेशमा ४३, वाग्मतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ रसुदूरपश्चिममा २१ जनाको नाम सिफारिस गरिएको छ। तरको–को सिफरिस भएका छन् भन्नेबारे एमालेले गोप्य राखेको छ।

स्रोतका अनुसारपदाधिकारीमा उपाध्यक्ष रामबहादुरथापा बादल, युवराज ज्ञावली, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूलाई समानुपातिकमा राखिएको छ। थापाले प्रत्यक्षमा चुनाव नलड्न भनेपछि समानुपातिकमा राखिएको बताइए पनि उनको नाम पनि १६ गतेसम्म परिवर्तन हुने सम्भावना रहेको स्रोतले जनाएको छ। ज्ञवाली ररिमालको नाम पनि परिवर्तन गर्ने रसकेसम्म पदाधिकारीहरूलाई पछि अन्य कुनै स्थानमा मिलाउने गरी एमालेले समानुपातिकको सूची बनाएको छ।

एमाले स्रोतका अनुसार रामबहादुर थापालाई समानुपातिकमै राख्न जोड गरिएको छ। नागरिक दैनिकबाट


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend