कात्तिक १ गते २०८३ || October 17, 2026

प्रतिनिधिसभा बैठक : आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदै


पिपल अनलाइन
बुधबार, असार १३ २०८००६:५३

प्रतिनिधिसभा बैठक : आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदै

 काठमाडौँ - प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । 

त्यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक : आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend