असोज ३० गते २०८३ || October 16, 2026

अप्ठ्यारो अवस्थामा सुधारिएको छवि


पिपल अनलाइन
बुधबार, असार १३ २०८००८:१२

अप्ठ्यारो अवस्थामा सुधारिएको छवि

काठमाडौँ - नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा छन्। उनले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा उपयोग गरेका छन् ।

सोमबार आफ्नो कार्यकाल सकेको दर्शाउँदै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइको हात मिलाईसकेका छन्। कार्यकालको अन्तिम भेटमा पनि उनले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका विषयमा गहन छलफल गर्न छुटाएनन।

आगामी दिनमा गर्न सकिने सहकार्यलाई स्वदेश फर्किएपछि यतैबाट पहल गर्ने प्रतिबद्धतासमेत स्थायी प्रतिनिधि राईले जनाए। महासचिव गुटेर्रेसले राईको सफल कार्यकालको प्रशंसा गर्दै सम्बन्धलाई थप बलियो बनाउन पहल नछाड्न अनुरोध गरे।

चार दिनअघि मात्र उनले अतिकम विकसित मुलुकको राजदूतस्तरीय बैठकको अध्यक्षका रूपमा सहभागिता जनाउँदै गर्दा उनले त्यो समूहको हितको संरक्षण र प्रवर्धनमा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले अतिकम विकसित मुलुकका तर्फबाट रणनीतिक प्राथमिकता विषयक प्रस्तुति दिए। अतिकम विकसित मुलुकहरूले आफ्नो सामथ्र्य र शक्तिको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनुपर्ने मार्गदिशाबारे सो बैठकमा बहस भएको थियो। गोरखापत्र दैनिकबाट


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend