कात्तिक १ गते २०८३ || October 17, 2026

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित


पिपल अनलाइन
बुधबार, असार १३ २०८००५:२८

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

 काठमाडौँ - विनियोजन विधेयक २०८० बहुतले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए । गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend