असोज ३० गते २०८३ || October 16, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, सत्ता ढल्ने निश्चित 


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००६:१२

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, सत्ता ढल्ने निश्चित 

काठमाण्डौँ - कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेश सभामा विश्वासको मत माग्ने जनाएको छ।

बुधबार विराटनगरस्थित नेकपा एमालेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विपक्षी दलसंग विश्वासको मत माग्ने भएको हो । ९३ सिट रहेको प्रदेशमा सरकारका लागि आवश्यक ४७ सिट संख्या नहुँदा सत्ताको नेतृत्व गरिरहेको एमाले अल्पमतमा रहेको छ ।

सोही क्रममा बिहीबार सत्तामा रहेको दल एमालेले विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलसँग विश्वासको मत माग्ने भएको एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

बैठकपछि प्रमुख सचेतक भण्डारीले सरकारलाई निरन्तरता दिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतसंग विश्वासको मत माग्ने र विश्वासको मत दिनुहुन अनुरोध गर्ने जानकारी दिए । सत्ता अघि बढाइरहेको एमाले सहमतिको सरकार बनाएर पुरै कार्यकाल टिकाउ सरकार बनाउनेतर्फ केन्द्रीत रहेको बताएका प्रमुख सचेतक भण्डारीले सरकार ढालेर अस्थिर अवस्था बनाउँदा जनतामा सन्देश नकारात्मक जाने प्रस्टाए ।

 


  • सम्बन्धित विषय:

  • # कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, सत्ता ढल्ने निश्चित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend