असोज ३० गते २०८३ || October 16, 2026

कोशी प्रदेश : विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय, माओवादीले विपक्षमा मतदान गर्ने


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००३:५१

कोशी प्रदेश : विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय, माओवादीले विपक्षमा मतदान गर्ने

विराटनगर - जनता समाजवादी पार्टी जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो ।

यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाके छ ।

बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा माओवादीले सो निर्णय गरेको हो ।


  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश : विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय, माओवादीले विपक्षमा मतदान गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend