असोज ३० गते २०८३ || October 16, 2026

मुग्लिन-नारायणगढ खण्ड अझै खुलेन, पहिरो झर्ने क्रम जारी


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००७:०७

मुग्लिन-नारायणगढ खण्ड अझै खुलेन, पहिरो झर्ने क्रम जारी

काठमाडौँ - मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।
मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।

मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले आज बिहान पनि पहिरो पन्छाउन नसकिएको बताए । पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको उनको भनाइ छ । हिजोदेखि नै जाममा परेका सवारी साधनको लामो लाइन लागेको उनले बताए ।


  • सम्बन्धित विषय:

  • # मुग्लिन-नारायणगढ खण्ड अझै खुलेन, पहिरो झर्ने क्रम जारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend