कात्तिक ३ गते २०८३ || October 19, 2026

कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समिति संयोजकमा प्रवक्ता डा. प्रकाश शरण महत मनोनयन


मंगलबार, असोज ११ २०७९११:१७

कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समिति संयोजकमा प्रवक्ता डा. प्रकाश शरण महत मनोनयन
काठमाडौं - सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति संयोजकमा प्रवक्ता डा. प्रकाश शरण महतलाई मनोनीत गरेको छ ।
 
मंगलबार(आज) प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रवक्ता महतलाई केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा मनोनयन गरेका हुन् । 
 
महतलाई देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उक्त जिम्मेवारी दिएको कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
देउवाले महतलाई पार्टी विधानअनुसार उक्त जिम्मेवारी दिएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।  


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # डा. प्रकाश शरण महत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend