असोज ३० गते २०८३ || October 16, 2026

'धान उत्पादनलाई प्रवर्द्धन गर्न अर्थतन्त्रलाई सबल बनाउनुपर्छ' : कृषिमन्त्री भुसाल


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००१:१८

'धान उत्पादनलाई प्रवर्द्धन गर्न अर्थतन्त्रलाई सबल बनाउनुपर्छ' : कृषिमन्त्री भुसाल

 काठमाडौँ - कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय कृषि अनुसन्धान परिषदले आज शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीभुसाले एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालीको जीवनयापन परिवर्तन हुँदै जाँदा उत्पादनमा ध्यान दिन नसकिएको र जमिन बाँझो रहन पुगेको धारणा व्यक्त गरे । भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

 


  • सम्बन्धित विषय:

  • # 'धान उत्पादनलाई प्रवर्द्धन गर्न अर्थतन्त्रलाई सबल बनाउनुपर्छ' : कृषिमन्त्री भुसाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend