असोज ३० गते २०८३ || October 16, 2026

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो !


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००२:४३

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो !

काठमाण्डौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ ।

सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो। तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो। एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए। उनको विपक्षमा ४३ मत खसेको छ ।

मत विभाजनको परिणाम घोषणा गर्दै सभामुख बाबुराम गौतमले विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सदनलाई जानकारी गराएका थिए । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । 

..


  • सम्बन्धित विषय:

  • # कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend