असोज ३० गते २०८३ || October 16, 2026

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००५:२३

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

 काठमाडौँ - पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरीले बाँके पठाउने तयारी गरेको छ ।


  • सम्बन्धित विषय:

  • # पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend