असोज ३० गते २०८३ || October 16, 2026

आज ६५औँ संसद् दिवस मनाईदै 


पिपल अनलाइन
शनिबार, असार १६ २०८००९:२९

आज ६५औँ संसद् दिवस मनाईदै 

काठमाडौँ - नेपालमा ६५औँ संसद् दिवस शनिबार मनाइँदै छ । विसं २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो ।
‘सङ्घीय संसद्को परामर्शदातृ अङ्ग’ पूर्वसांसद मञ्च नेपालको आयोजनामा संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाका सभामुखको प्रमुख आतिथ्यमा सो समारोह आयोजना गरिँदै छ ।

संसदीय गतिविधिसम्बन्धी समाचार सङ्कलन गर्ने सञ्चारकर्मीहरूको साझा संस्था ‘संसदीय मामिला पत्रकार समाज’ को आठौँ अधिवेशन पनि संसद् दिवसकै अवसर पारेर शनिबार नै संसद् भवन, ल्होत्से भवनमा हुँदैछ ।

सोही ग्यालरी बैठकमा संसद्का अधिवेशन बस्दै आएकामा संविधानसभा निर्वाचनपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नै संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको छ । नयाँ संसद् भवन भने सिंहदरबार परिसरभित्रै निर्माणाधीन छ ।

नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा सभा प्रारम्भ भने ठीक मध्यरात १२ बजे सिंहदरबारस्थित ग्यालरी बैठकमा बसेको इतिहास छ ।


  • सम्बन्धित विषय:

  • # आज ६५औँ संसद् दिवस मनाईदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend