असोज ३० गते २०८३ || October 16, 2026

'जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन' : अध्यक्ष नेपाल


पिपल अनलाइन
शनिबार, असार १६ २०८००४:१२

'जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन' : अध्यक्ष नेपाल

 काठमाडौँ - सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेन भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उहाँले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरेका थिए । 

 


  • सम्बन्धित विषय:

  • # 'जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन' : अध्यक्ष नेपाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend