कात्तिक १ गते २०८३ || October 17, 2026

आजको मौसम देशभर पानी पर्ने सम्भावना, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने


पिपल अनलाइन
आइतबार, असार १७ २०८००६:५९

आजको मौसम देशभर पानी पर्ने सम्भावना, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली  रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी  प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम देशभर पानी पर्ने सम्भावना, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend